Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

पाकिस्तानको क्वेटामा बम विस्फोटमा १० को मृत्यु

पाकिस्तानको क्वेटामा बम विस्फोटमा १० को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १५, २०८२ बुधवार • ०५:००:४७ बजे
  • 976
    SHARES
  • पाकिस्तानको क्वेटामा बम विस्फोटमा १० को मृत्यु

    पाकिस्तानको क्वेटा शहरमा मंगलबार दिउँसो भीडभाड भएको सडकमा आत्मघाती बम विस्फोट भएको छ ।

    images

    पाकिस्तानी अखबार डनका अनुसार विस्फोटमा १० जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । मृतकमध्ये ४ जना उग्रवादी पनि रहेका छन् ।

    क्वेटाका एसएसपी मोहम्मद बलोचका अनुसार, प्यारामिलिटरी फोर्सको हेडक्वार्टर नजिकै विस्फोटकले भरिएको गाडीमा विस्फोट भएको हो ।

    विस्फोट यति शक्तिशाली थियो कि वरपरका घरका झ्याल फुटे र भित्तामा खाडल परेका छन् ।पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले यो घटनाको पछाडि भारत समर्थित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) का आतङ्ककारीको हात रहेको बताएका छन् । भारतले अहिलेसम्म यस आरोपमा कुनै प्रतिक्रिया दिएको छैन ।

    विस्फोटको भिडियो र तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । क्वेटा शहरमा ठुला धुवाँका मुस्लो देखिएका छन् ।

    सीसीटीभी फुटेजमा विस्फोटपछि एक व्यक्ति छटपटाइरहेको देखिएको छ । विस्फोटपछि पार्किङमा रहेका गाडीहरू चकनाचुर भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

    बलुचिस्तानका स्वास्थ्य मन्त्री बख्त मोहम्मद काकरका अनुसार, घाइतेलाई सिभिल अस्पताल र ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

    क्वेटा सिभिल अस्पताल, बलुचिस्तान मेडिकल कलेज (बीएमसी) अस्पताल र ट्रमा सेन्टरमा आपतकालीन अवस्था घोषणा गरिएको छ । सबै चिकित्सक, फार्मासिस्ट, नर्स तथा स्वास्थ्यकर्मीलाई अस्पतालमै उपस्थित रहन निर्देशन दिइएको छ ।

    बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुग्टीले यस घटनालाई आतङ्ककारी हमला भएको बताएका छन् ।

    उनले भने, ‘विस्फोटपछि सुरक्षाबलले कारबाही गरी ४ आतङ्ककारी मारिएका छन् । हामी शहीद परिवारसँग छौं र घाइतेको चाँडै स्वास्थ्य लाभको कामना गर्दछौं ।’

  • सम्बन्धित विषय:

  • # १० को मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology