Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विमानस्थलबाट आन्तरिक उडान सुरु

विमानस्थलबाट आन्तरिक उडान सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०६:०५:३६ बजे
  • 1.7K
    SHARES
  • विमानस्थलबाट आन्तरिक उडान सुरु

    अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो ।

    images

    विमानस्थल कार्यालयका अनुसार नेपालगञ्ज र भद्रपुरमा आज बिहान काठमाडौंबाट उडान भइसकेको छ ।

    पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको भन्ने आएपछि आन्तरिक उडान सुरु गरिएको कार्यालयले जनाएको छ ।

    अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ ।

    काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक भने अझै सामान्य भइनसकेकाले लामो दुरीका गाडी सञ्चालनमा भने रोक लगाइएको छ । यातायात व्यवसायीहरुलाई तत्काल टिकट बुकिङ नगर्न भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # उडान सुरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology