Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२०१४ देखि भूमध्य सागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु: राष्ट्र सङ्घ

२०१४ देखि भूमध्य सागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु: राष्ट्र सङ्घ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १९, २०८२ आइतवार • ०६:४९:५७ बजे
  • 619
    SHARES
  • २०१४ देखि भूमध्य सागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु: राष्ट्र सङ्घ

     सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताएका छन् । 

    images

    भूमध्य सागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको जाल बनेको उल्लेख गर्दै, आप्रवासी र शरणार्थीहरूले सामना गर्ने उच्च जोखिमको सम्झना गराउने संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रीफिङगमा बताएका हुन् ।  

    दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा समुद्रमा आफ्नो ज्यान गुमाएको तथा करिब ५०० अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गामा आगो लागेको र लम्पेडुसा नजिकै डुबेको बताएका छन् । 

    उनले उक्त समयमा, संयुक्त राष्ट्रका एजेन्सीहरूले परिवर्तनका लागि व्यापक आह्वान र यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता रहेको भए पनि हाल समुद्रमा ज्यान गुमाउनेहरूको सङ्ख्या बढिरेकोमा शोक व्यक्त गरेका छन् ।

    संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले त्यसबेला देखि मध्य भूमध्य मार्गमा हरेक हप्ता औसत ४२ जनाको ज्यान गएको जनाएको र ती पाँच जना मध्ये एक जना बालबालिका रहेको जनाएको उनले बताए ।  

    संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन द्वन्द्वलाई सम्बोधन गर्न र सुरक्षित र नियमित आप्रवासन प्रणालीलाई बलियो बनाउनका लागि मानव बेचबिखन गर्नेहरूद्वारा आयोजित खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवश्यक रहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # आप्रवासीको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology