Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आत्महत्या

जातीय विभेदकै कारण भारतमा डा.भागवतले गरे आत्महत्या

जातीय विभेदकै कारण भारतमा डा.भागवतले गरे आत्महत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १४:११:०८ बजे
  • 2.1K
    SHARES
  • जातीय विभेदकै कारण भारतमा डा.भागवतले गरे आत्महत्या
    एजेन्सी । जातीय विभेदका कारण एक चिकित्सकले आत्महत्या गरेका छन् । भारतको जबलपुर मेडिकल कलेजमा अध्ययनरत २८ वर्षीय डा.भागवत देवांगनले जातीय विभेदकै कारण आत्महत्या गरेका छन् ।
    भारतको छत्तिसगढका ती जुनियर डा.भागवतले आफ्ना सिनियरबाट चरम विभेदको सामना गर्दै आएका थिए । विभेदकै कारण उनले आत्महत्या गरेको भन्दै छत्तिसगढमा विशाल प्रदर्शन भएको बिबिसीले जनाएको छ । तल्लो जातको भन्दै हेपाह व्यवहार र प्रताडित गर्ने गरेकाले उनले १० दिनअघि मेडिकल कलेजमै आत्महत्या गरेका थिए ।
    आफन्तले सिनियर डाक्टरलाई कारबाहीको माग गरेका छन् । तर, कलेज व्यवस्थापनले भने आरोप अस्वीकार गरेको छ । आफन्तले सिनियर ५ जना डाक्टरविरुद्ध कारबाहीका लागि उजुरी दिए पनि पुलिसले अनुसन्धानसमेत नगरेको आफन्तको भनाइ छ । डा.भागवतले त्यहाँ पिजी गरिरहेका थिए ।
    उनका दाजु प्रल्हाद देवांगनले भाइले आफूलाई उच्च जातका सिनियर डाक्टरहरुले कुटपिटसमेत गरेको बताएको जानकारी दिएका छन् । यो विषयमा पटक पटक कलेज प्रशासनलाई जानकारी गराइएको र त्यहीँ पीडाले आफूले भाइ गुमाउनु परेको प्रल्हादको भनाइ छ । भारतमा यो घटनापछि जातीय विभेदका विषयमा नयाँ बहस सुरु भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology