Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बंगलादेशमा कपडा कारखाना आगलागी १६ जनाको मृत्यु

बंगलादेशमा कपडा कारखाना आगलागी १६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०८२ बुधवार • ०५:०२:२० बजे
  • 1.7K
    SHARES
  • बंगलादेशमा कपडा कारखाना आगलागी १६ जनाको मृत्यु

    बंगलादेशको राजधानी ढाकास्थित मीरपुर क्षेत्रमा रहेको एउटा कपडा कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ। अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने चेतावनी दिएका छन्।

    images

    फायर सर्भिसका अनुसार जलेर पहिचान गर्न नसकिने अवस्थामा १६ वटा शव भेटिएका छन्। मंगलबार चार तले कारखानामा आगलागी भएपछि बेपत्ता भएका आफ्ना प्रियजनको खोजीमा आफन्तहरू शोकाकुल हुँदै भेला भएका थिए।

    मध्याह्नतिर लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आए पनि छेउको एक रसायन गोदाम भने जलिरहेको थियो। बंगलादेशमा सुरक्षा मापदण्डमा लापरबाही र कमजोर पूर्वाधारका कारण ठुला आगलागीका घटनाहरू सामान्यजस्तै छन्, जसमा पछिल्ला वर्षहरूमा सयौँले ज्यान गुमाएका छन्।

    अधिकारीहरूका अनुसार रसायन गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड जस्ता प्रज्वलनशील वस्तुहरू भण्डारण गरिएको थियो। फायर सर्भिसका निर्देशक मोहम्मद ताजुल इस्लाम चौधरीले पीडितहरूले ‘अत्यन्तै विषालु ग्यास’ का कारण तुरुन्तै मरेको हुनसक्ने बताएका छन्।

    प्रहरी र सेनाले कारखाना र गोदामका मालिकहरू पत्ता लगाउने प्रयास गरिरहेका छन्। सन् २०१३ मा ढाकामा भवन भत्किँदा १,१०० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जुन देशको सबैभन्दा ठुलो औद्योगिक दुर्घटना हो।
    बीबीसी

  • सम्बन्धित विषय:

  • # १६ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology