Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तमु समाज कुवेतले ल्होछार पर्व २ जनवरीमा मनाउने

तमु समाज कुवेतले ल्होछार पर्व २ जनवरीमा मनाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०८२ बुधवार • १७:४५:१३ बजे
  • 1.3K
    SHARES
  • तमु समाज कुवेतले ल्होछार पर्व २ जनवरीमा मनाउने

    कुवेत - तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ शुक्रबारका दिन तमु ल्होछार (ल्होसार) पर्व मनाउने भएको छ । समाजले विभिन्न सांस्कृतिक कार्यक्रम सहित भव्य रूपमा उक्त पर्व मनाउने तयारी गरेको छ । 

    images

    कुवेतको नेपाली समाजमा विभिन्न सामाजिक मानवीय सेवामा सकृय रहनुको साथै समाजले आफ्नो समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले स्थापना भएको संस्था हो । यो कुवेतमा स्थापना भएको पहिलो जातीय तथा सामाजिक संस्था पनि हो ।

    गुरुङ समुदायले हरेक वर्ष पौष १५ गते ल्होछारलाई नयाँ वर्षको सुरुवातका रूपमा मनाउने परम्परा राख्दै आएको छ । यस दिन आफन्तजनहरूलाई शुभकामना दिने, मान्यजनबाट आशिर्वाद लिने र रमाइलो वातावरणमा भोजभतेर गरी चाड मनाउने चलन रहेको छ।

    गुरुङ परम्परा अनुसार हरेक वर्ष १२ जनावरका नाममा ल्हो (वर्ग चक्र) परिवर्तन हुन्छ। यो वर्षको ‘सप्री ल्हो’ (सर्प वर्ग) सकिएर ‘त ल्हो’ (घोडा वर्ग) सुरु हुँदैछ।

    समाजले यस वर्ष पनि ल्होछारलाई एकता, सद्भाव र भाईचाराको उत्सवका रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ। साथै, सोही दिन अरू संस्थाले आफ्ना कार्यक्रम नजुधाइदिन समाजले अनुरोध गरेको छ।

    कार्यक्रमका विस्तृत जानकारी आगामी सूचनामार्फत सार्वजनिक गरिने समाजले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology