Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

झिनिया रोटी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै

झिनिया रोटी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०८२ आइतवार • ०६:४३:०४ बजे
  • 2.0K
    SHARES
  • झिनिया रोटी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै

    तिहार नजिकिँदै जाँदा गुल्मीमा झिनिया रोटीको व्यापार बढेको छ । विशेषगरी तम्घास बजारका नेवार समुदायले झिनिया रोटी उत्पादन र बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।

    images

    तिहारमा दाजुभाइलाई टीका लगाएर मिठा परिकार खुवाउने परम्परामा झिनिया रोटी प्रमुख परिकार मानिन्छ । यही कारण तिहारअघि तम्घास बजारमा झिनिया रोटीको बिक्री उच्च हुने गर्छ ।


    तिहारजस्ता चाडपर्वमा बजारभर रंगीन झिनिया रोटी सजाइएका देखिन्छन् । सानो लगानीमा घरमै फुर्सदको समयमा उत्पादन गर्न सकिने भएकाले पछिल्ला वर्षमा यसको व्यापारप्रति आकर्षण बढ्दो छ ।

    ‘अघिल्ला वर्षभन्दा यस वर्ष झिनियाको माग धेरै बढेको छ,’ तम्घास–८ निवासी यमकुमारी श्रेष्ठ भन्छिन् । उनले वर्षौंदेखि झिनिया रोटी बनाएर बिक्री गर्दै आएकी छन्।


    झिनिया रोटी पूजा–आजादेखि पाहुनाको सत्कारसम्म, विभिन्न अवसरमा खाजाका रूपमा प्रयोग हुने भएकाले यसको माग स्थिर रहन्छ । तम्घासको पुतली बजारमा झिनिया व्यापार गर्दै आएका बिक्रम श्रेष्ठ भन्छन्, ‘चाडबाडमा मात्रै होइन, झिनिया रोटी वर्षभर बेच्न सकिन्छ । यही व्यवसायले हाम्रो परिवारको खर्च धानेको छ ।’


    श्रेष्ठका अनुसार अहिले तिहारका लागि झिनियाको माग अत्यधिक छ, जसका कारण परिवारका सबै सदस्य उत्पादनमा व्यस्त छन् । बजारमा पनि नयाँ व्यवसायी थपिँदै छन् ।

    तम्घास बजारमा झिनिया रोटी होलसेलमा दर्जनको रु. १०० र खुद्रा बिक्रीमा आकारअनुसार रु. १५० सम्ममा बिक्री हुन्छ । स्थानीय उत्पादन गुल्मी, अर्घाखाँची, पाल्पा, बुटवल र बाग्लुङलगायतका बजारमा पनि पठाइन्छ ।

    तम्घाससँगै वामिटक्सार, शान्तिपुर, रिडी र बलेटक्सार बजारमा पनि झिनिया रोटी उत्पादन र बिक्री हुने गरेको छ ।

    गुल्मीका नेवार समुदायले परम्परागत सीपका रूपमा झिनिया बनाउँदै आएका छन् ।

    व्यवसायीहरूको भनाइमा झिनिया रोटीलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न सके जिल्लामा राम्रो रोजगारी र आम्दानीको स्रोत बन्न सक्छ ।

  • सम्बन्धित विषय:

  • # राम्रो आम्दानी गर्दै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology