Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हङकङमा विमान दुर्घटना, रनवेबाट चिप्लिएर समुद्रमा खस्यो

हङकङमा विमान दुर्घटना, रनवेबाट चिप्लिएर समुद्रमा खस्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ४, २०८२ सोमवार • ०५:०८:३५ बजे
  • 1.4K
    SHARES
  • हङकङमा विमान दुर्घटना, रनवेबाट चिप्लिएर समुद्रमा खस्यो

    हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

    images

    बीबीसीले स्थानीय सञ्चारमाध्यमहरूमा प्रकाशित समाचारको हवाला दिँदै दुर्घटनामा मृत्यु भएका उनीहरू दुवै जना ‘ग्राउन्ड स्टाफ’ (जमिनमा काम गर्ने कर्मचारी) थिए ।

    विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको बीबीसीमा समाचार छ ।

    विमानमा सवार चालक दलका चार सदस्यहरूको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई अस्पताल लगिएको छ ।

    स्थानीय समयानुसार सोमबार बिहान ३ बजेर ४० मिनेट जाँदा दुर्घटना भएको बताइएको छ ।

    एमिरेट्सको फ्लाइट ईके ९७८८ दुबईबाट हङकङ जाँदै थियो । विमान टर्कीको कार्गो एयरलाइन एयर एसीटीको बोइङ ७४७–४८१ विमान हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology