Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

ओली-प्रचण्डबीच झण्डै ३ घन्टा छलफल : आ-आफ्नै अडान कायमै

ओली-प्रचण्डबीच झण्डै ३ घन्टा छलफल : आ-आफ्नै अडान कायमै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २४, २०७७ शनिवार • १८:४०:१६ बजे
  • 1.4K
    SHARES
  • ओली-प्रचण्डबीच झण्डै ३ घन्टा छलफल : आ-आफ्नै अडान कायमै
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज झण्डै ३ घन्टा
    भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो भएको भेटवार्तामा मन्त्रिमण्डलको पुनर्गठन र पार्टी एकताका बाँकी काम सक्ने विषयमा छलफल भएको छ ।
    महासचिव विष्णु पौडेललाई पनि सहभागी गराएर भएको भेटवार्तामा पार्टी एकताका बाँकी काम तत्काल टुंगो लगाउने विषयमा छलफल भएको थियो । त्यस्तै मन्त्रिमण्डल पुनर्गठनका विषयमा पनि छलफल भएको छ । स्रोतका अनुसार मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताका बाँकी काम एकसाथ गर्नेगरी छलफल भए पनि दुबै अध्यक्षले आ-आफ्नो अडान राखेका छन् ।
    प्रधानमन्त्रीसमेत रहेका ओलीले तत्कालका लागि खाली ठाउँमा मन्त्री थप्ने र दसैँ तिहारपछि पुनर्गठन गर्ने बताएका छन् भने प्रचण्डले स्थायी कमिटी बैठकको निर्णयलाई ध्यान दिँदै समग्र पुनर्गठन हुनुपर्ने तर्क गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology