Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ६, २०८२ बुधवार • ०५:५७:२६ बजे
  • 643
    SHARES
  • मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो

    नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले रु तीन अर्ब एक करोड ४४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । गत भदौ ३१ गते पूर्ण रुपमा व्यापारिक मार्गको  रुपमा सञ्चालनमा आएको कोरलानाकाबाट मुस्ताङ भन्सार कार्यालयले मङ्गलबारसम्म उक्त राजस्व सङ्कलन गरेको जनाएको छ ।

    images

    चीनबाट आयातनिर्यात गरिने मालसामान तथा विद्युतीय सवारीको सो भन्सार कार्यालयले सम्बन्धित व्यापारीको भन्सार एजेन्टमार्फत मालसामानको जाँचपास गर्ने गरेको छ । हालसम्म कार्यालयले ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास गरी गन्तव्यमा पठाएको न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म ६५७  चीनबाट कोरलानाका हुँदै आयात गरिएका मालसामान बाहक कन्टेनरको जाँचपास भएको हो । यसैगरी, नेपालतर्फ सात वटा मालसामान कन्टेनर भन्सार जाँचपास भई कोरला नाकाबाट चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले बताए । 


        कोरला नाकाबाट चीनबाट पैठारी गरिएका मालसामान दसैँ–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामान रहेको मुस्ताङ भन्सारले जनाएको छ । नेपालतर्फबाट भने हस्तकला सामग्री र नेपाली उत्पादन निकासी भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology