Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाजापछि अब वेस्ट बैंक कब्जा गर्ने इजराइलको निर्णय, संसद्ले दियो स्वीकृति

गाजापछि अब वेस्ट बैंक कब्जा गर्ने इजराइलको निर्णय, संसद्ले दियो स्वीकृति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ७, २०८२ बिहिवार • ०९:४२:५५ बजे
  • 1.6K
    SHARES
  • गाजापछि अब वेस्ट बैंक कब्जा गर्ने इजराइलको निर्णय, संसद्ले दियो स्वीकृति

     इजराइलले गाजापछि अब वेस्ट बैंक माथि कब्जा गर्ने भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ।

    images

    इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टी को विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो।

     

    यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजद्वारा प्रस्तुत गरिएको थियो। नेतान्याहूको गठबन्धनका केही सदस्यहरू, जस्तै राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्विइर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले विधेयकको पक्षमा मतदान गरे।

    रिपोर्टअनुसार नेतान्याहू यस निर्णयको विरोधमा थिए किनभने यो विधेयक अहिले नै पारित भएमा राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बिग्रन सक्छ भन्ने उनलाई डर थियो। ट्रम्पले हालसालै इजराइललाई वेस्ट बैंक कब्जा गर्ने अनुमति नदिइने बताएका थिए।

  • सम्बन्धित विषय:

  • # संसद्ले दियो स्वीकृति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology