Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सोमबार सुनको भाउ तोलामा २ हजार घट्यो सुन

सोमबार सुनको भाउ तोलामा २ हजार घट्यो सुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ११, २०८२ सोमवार • ०७:००:४० बजे
  • 928
    SHARES
  • सोमबार सुनको भाउ  तोलामा २ हजार घट्यो सुन

    सोमबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।

    अघिल्लो दिन सुन तोलामा ११ हजार ६ सय घटेको थियो । तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

    अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति जुटेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । जसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ ।

    चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # २ हजार घट्यो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology