Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

योगेश भट्टराईलाई कोरोना

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २४, २०७७ शनिवार • १९:३४:५७ बजे
  • 1.3K
    SHARES
  • पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । मन्त्री भट्टराईले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएका छन् ।

    सोमबार परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि शुक्रबारदेखि हल्का ज्वरो आएपछि शनिबार पुनः परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन् ।

    मन्त्री भट्टराईले हालसम्म आफूलाई हल्का ज्वरो बाहेक समस्या नदेखिएको बताएका छन् । उनले आफूसँग केही दिनयता सम्पर्कमा आएका सबैलाई सतर्क रहन र कुनै समस्या देखिएमा परीक्षण गराउन अनुरोध गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology