Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’

राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०८२ शुक्रवार • ०८:३६:२६ बजे
  • 1.8K
    SHARES
  • राजु लामाको साथमा ‘Nirem Musical Fest २०२६’

    कुवेतमा बस्ने नेपालीहरूका लागि अर्को उत्साहजनक खबर आएको छ। नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical Fest २०२६’ को मिति र स्थान तय गरेको छ। 

    images

    कार्यक्रम आउँदो ९ जनवरी २०२६ (शुक्रबार) का दिन कुवेतको Aspire Indian School, जिलिबस्थित सभाहलमा हुनेछ। दिउँसो ठीक २ बजेबाट सुरु हुने यो सांगीतिक कार्यक्रम कुवेतका नेपाली समुदायका लागि एक विशेष भेटघाट र रमाइलोको अवसर बन्ने अपेक्षा गरिएको छ।

    यस वर्षको मुख्य आकर्षण सबैको मनमा बसेका लोकप्रिय गायक र संगीतकार राजु लामा हुन। निरेम प्रोडक्सनले राजु लामालाई मुख्य अतिथि कलाकारका रूपमा आमन्त्रण गरेको छ। उनको आवाज र प्रस्तुतिले कार्यक्रमको माहोललाई झनै जीवित बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन्। 
    राजु लामासँगै निरेम समूहको आफ्नै NepTone Band ले पनि लाइभ प्रस्तुति दिने तयारीमा छ। तिनको जोशिलो प्रस्तुति र स्टेज शोले दर्शकलाई अझै तान्नेछ। 

    कार्यक्रम संयोजक सुरेन्द्र लिम्बूका अनुसार, “हाम्रो उद्देश्य केवल मनोरञ्जन होइन, संगीतको माध्यमबाट नेपालीहरूलाई एकआपसमा जोड्ने र समाजका लागि केही योगदान गर्ने हो।”निरेम प्रोडक्सनले यो फेस्टलाई केवल रमाइलो कार्यक्रममा सीमित नराखी, नेपालीहरूको भावना, संस्कृति र एकताको उत्सवका रूपमा अघि बढाउने तयारी गरेको छ।थप जानकारी र टिकटका लागि www.niremupdate.com मार्फत सम्पर्क गर्न सकिनेछ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology