Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

तिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन

तिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०८२ आइतवार • ०५:५८:२९ बजे
  • 661
    SHARES
  • तिनिधि सभा व्युँताउने प्रयासमा एमालेको हस्ताक्षर संकलन

     प्रतिनिधिसभा ब्युताउन नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन जारी छ । यही कात्तिक २० गतेदेखि हस्ताक्षर संकलन सुरु भएको हो ।

    images

    २० जना भन्दा बढीको हस्ताक्षर संकलन भएको भनिएको छ तर, यकिन संख्या सार्वजनिक गरिएको छैन । निवर्तमान सांसदहरू जिल्ला–जिल्लामा रहेका र पार्टीको वडा/पालिकास्तरीय कार्यक्रममा समेत व्यस्त रहेकाले काठमाडौंमा उपलब्ध निवर्तमान सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

    एमालेले गत शुक्रबार वडास्तरीय भेला गरेको थियो । यही कात्तिक २५ गते पालिकास्तरीय भेला गर्दैछ । त्यसपछि जिल्लास्तरीय सभा र आगामी मंसिर ६ गते काठमाडौंमा प्रदर्शनको आयोजना गर्दैछ । यी भेला र प्रदर्शनमार्फत एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि दबाब दिने नीति लिएको छ । साथै महाधिवेशनको तयारी समेत भनिएको छ ।


    नेताहरूका अनुसार सर्वोच्च अदालतमा समेत प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा निवर्तमान सांसदहरू कति जना छन् जस्ता प्रश्न उठेकाले निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन सुरु गरिएको हो ।

    निवर्तमान सांसदहरू निवेदन लिएर अदालत जाने कि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा छौं भनेर मत प्रकट मात्रै गर्ने भन्ने छलफलमा छन् ।

    सर्वोच्च अदालतमा यसअघि नै प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर १६ वटा निवेदन परिसकेका छन् । त्यसउपर छलफल भएर कारण देखाउ आदेश जारी भइसकेको छ ।

    प्रतिनिधिसभा गत २७ भदौमा विघटन भएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारले आगामी फागुन २१ मा चुनावको मिति घोषणा गरेको छ । ।

    एकातर्फ सरकार र निर्वाचन आयोग तोकिएको मितिमा चुनाव गराउने कार्यमा अगाडि बढिरहेका छन् भने अर्कोतर्फ सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

    एमालेले भने प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताउँदै आएको छ । यही सन्दर्भमा उसले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन विगत केहीदिनदेखि जारी राखेको छ । विघटित प्रतिनिधि सभामा एमालेका ७९ जना सांसद थिए ।

  • सम्बन्धित विषय:

  • # हस्ताक्षर संकलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology