Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४००

दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४००

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०८२ आइतवार • ०६:०१:०७ बजे
  • 475
    SHARES
  • दिल्लीको हावा ‘धेरै खराब’, एक्यूआई ४००

     भारतको राजधानी दिल्लीमा आइतबार हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा पुगेको छ। बिहान ७ बजे दिल्लीको औसत एक्यूआई ३९१ रेकर्ड गरिएको हो ।

    images

    यी तथ्याङ्कहरू केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का हुन्। बीबीसी हिन्दीका अनुसार, दिल्लीमा धेरै यस्ता इलाकाहरू छन् जहाँ प्रदूषणको स्तर निकै चिन्ताजनक छ र एक्यूआई ४०० भन्दा माथि पुगेको छ।

    सीपीसीबीका अनुसार, आनन्द विहारमा एक्यूआई ४१२, अलिपुरमा ४१५ र बवानामा सबैभन्दा बढी ४३६ रेकर्ड गरिएको छ । यसबाहेक, चाँदनी चोकमा एक्यूआई ४०९ रहँदा आरके पुरम र पटपडगञ्जमा क्रमशः ४२२ र ४२५ रेकर्ड गरिएको छ।

    यसभन्दा अघि शनिबार पनि दिल्लीमा हावाको गुणस्तर बिहान ‘धेरै खराब’ श्रेणीमा थियो। बिहान ८ बजे दिल्लीको औसत एक्यूआई ३५५ रेकर्ड गरिएको थियो।

  • सम्बन्धित विषय:

  • # एक्यूआई ४००
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology