Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुन तोलामा २ हजार ९ सय बढ्यो

सुन तोलामा २ हजार ९ सय बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०८२ सोमवार • ०६:०६:०५ बजे
  • 1.2K
    SHARES
  • सुन तोलामा २ हजार ९ सय बढ्यो

    सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    images

    पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

    सोमबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

  • सम्बन्धित विषय:

  • # २ हजार ९ सय बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology