Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०८२ आइतवार • ०५:०४:०७ बजे
  • 691
    SHARES
  • बाँदरको त्रासले नपाकेकै सुन्तला बेच्न बाध्य पाल्पाका किसान

    बाँदरको त्रासका कारण पाल्पाका किसानले नपाक्दै सुन्तला बेच्न बाध्य भएका छन् । ग्रामीण बस्तीमा बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेच्न हतारिएको किसानले बताएका छन् ।

    images


    अहिले खेतबारीमा अन्य अन्नबाली नभएको कारण बाँदरले सुन्तलामा नोक्सानी पुर्‍याउन थालेपछि काँचोमै सुन्तला बेचेको बगनासकाली-४ का किसान गुरुदत्त अर्यालले बताए ।

    नपाक्दै सुन्तला बेच्नु पर्दा कम मूल्य पर्ने गरेको गुनासो किसानको छ । खासगरी बगनासकाली गाउँपालिकाभित्रका विभिन्न गाउँमा अहिले सिकानले काँचोमै सुन्ताल टिपेर बेचेका हुन् । जंगली जनावरको हैरानी र काम गर्ने जनशक्ति नभएपछि वैकल्पिक खेतीका रुपमा गरिएको सुन्तला खेतीमा बाँदरले हैरानी पुर्‍याएको किसानको भनाइ छ ।

    ‘बाँदसहितका जंगली जनावरले हैरानी पुर्‍याएपछि खेतबारीमा अन्य अन्नबाली लगाउन छाडेर सुन्तला खेती सुरु गरेका थियौं । त्यो पनि बाँदरले खाने, रुख हल्लाएर फलजति झारिदिने जस्ता हैरानी पुर्‍याएपछि समस्यामा परेका छौं’, बगनासकाली ५ दर्लमडाडाँका किसान दिननाथ गैरेले भने ।

    केही समय बोटमै राख्न सके सुन्तलाले राम्रो मूल्य पाउने भए पनि र बाँदरबाट जोगाउन पहिल्यै सुन्तला बेच्नु परेको किसानहरुको गुनासो छ ।

    बगनासकाली गाउँपालिका विभिन्न गाउँबाट अहिले किसानले सुन्ताल निर्यात गरिरहेका छन् । किसानले उत्पादन गरेको सुन्तला प्रतिकेजी ६५ रुपैयाँमा बिक्री हुँदै आएको छ । हरियोमै बिक्री गर्दै आएको सुन्तला अबको एक महिनासम्म जोगाउन सकेमा प्रतिकेजी दश रुपैयाँसम्म मूल्य वृद्धि हुने किसानको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # पाल्पाका किसान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology