Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक

अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०८२ सोमवार • ०५:१९:१९ बजे
  • 733
    SHARES
  • अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा लगायो रोक

    अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो । त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ ।

    images

    दुई देशबीच पछिल्लो समय तनाव बढेपछि अफगानको तालिबानी सरकारले पाकिस्तानका साथ व्यापारिक सम्बन्ध तोड्ने बताइरहेको थियो । अफगानिस्तानले आफ्नो देशका व्यापारीहरूलाई पाकिस्तानभन्दा पनि अन्य मुलुकसँगको व्यापारिक बाटो खोज्न निर्देशन दिएको छ ।


    केही दशक यता अफगानिस्तानले पाकिस्तानको बाटो हुँदै सबैभन्दा धेरै व्यापार गर्दै आएको थियो । जुन उसको पूरै व्यापारको झण्डै आधा बराबर मानिन्छ । अन्तर्राष्ट्रिय र एशियाली बाजर निगरानी एजेन्सीहरूको आंकडाअनुसार अफगानिस्तानले सन् २०१५ मा पाकिस्तानबाट ३२० मिलियन डलरको पिठो निर्यात गरेको थियो ।

    उसले सन् २०२४ मा उज्वेकिस्तान, कजाकिस्तान र रूसबाट ६८९ मिलियन डलरको गहुँ र पिठो खरिद गरेको थियो । सन् २०२५ मा यो आंकडा ७५० मिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # आयातमा लगायो रोक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology