Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०८२ आइतवार • ०७:४४:०३ बजे
  • 472
    SHARES
  • महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

     नेकपा एमालेका नेता सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् ।

    images

    महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले  टायर बालेर प्रदर्शन गरेका हुन् ।


    जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’

    विराटनगरविमानस्थल हुँदै सुनसरीको इटहरी जाने क्रममा विमानस्थल अगाडि दुई जनाको समूहले बस्नेत सवार गाडीमाथि रातो मसी प्रहार गरेको थियो ।


    मसी प्रहार गर्ने विराटनगर १ का सन्जोग गौतम र विराटनगर २ का अर्पित कुँवरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    विमानस्थलमा बस्नेत सवार गाडीमाथि रातो मसी फाल्ने गौतम नेपाल विद्यार्थी संघ मोरङको जिल्ला सदस्य हुन् । कुँवर पनि नेविसंघ निकट नै रहेको प्रहरी स्रोतले बताएको छ ।

  • सम्बन्धित विषय:

  • # दुहबीमा पनि प्रदर्शन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology