Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा श्रमिकलाई १० प्रतिशत भाडा छुट दिने

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा श्रमिकलाई १० प्रतिशत भाडा छुट दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०८२ आइतवार • ०५:४२:५७ बजे
  • 343
    SHARES
  • नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा श्रमिकलाई १० प्रतिशत भाडा छुट दिने

    नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ ।

    images

    श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साविकको भाडामा १० प्रतिशत विशेष सहुलियत दिने निर्णय भएको निगमले जनाएको छ ।


    श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयका टिकट काउन्टरबाट छुट सुविधा लिन सक्ने छन् । यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology