Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

चाँदीको मूल्यमा नयाँ रेकर्ड

चाँदीको मूल्यमा नयाँ रेकर्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १५, २०८२ आइतवार • ०६:२१:४० बजे
  • 586
    SHARES
  • चाँदीको मूल्यमा नयाँ रेकर्ड

    आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो ।

    images

    एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।

     


    सुनको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १६०० रुपैयाँ बढेको छ । यस दिन सुनको भाउ प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।

    अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ यसअघि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

  • सम्बन्धित विषय:

  • # नयाँ रेकर्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology