Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

शुक्रबारदेखि पाकिस्तानले पनि लगाए टिकटक प्रतिवन्ध

शुक्रबारदेखि पाकिस्तानले पनि लगाए टिकटक प्रतिवन्ध

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७७ आइतवार • १०:१६:५६ बजे
  • 1.5K
    SHARES
  • शुक्रबारदेखि पाकिस्तानले पनि  लगाए टिकटक प्रतिवन्ध
    सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरूको सूचीमा पाकिस्तान पनि थपिएको छ।

    चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले पनि प्रतिवन्ध लगाएको हो । 

    'अनैतिक सामग्रीहरू' भएको निश्कर्ष निकाल्दै पाकिस्तानले शुक्रबारदेखि टिकटकलाई देश भित्र प्रतिवन्ध लगाउने निर्णय गरेको अधिकारीहरूले जनाएका छन्। 

    चीनसँगको सदाबहार मित्र भएपनि चिनियाँ एपलाई मुलुक भित्र प्रतिवन्ध लगाउनु पर्ने बाध्यता सृजना भएको अधिकारीहरूको भनाई छ।

    टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उलंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रणका लागि टिकटक प्रतिवन्ध लगाउनु परेका उनीहरूले बताएका छन्।  

    पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार विथोल्ने गतिविधि भएको भन्दै टिकटकका विरुद्धमा उजुरीहरू परेको उल्लेख गरिएको छ। 

    मुस्लिम संस्कार अनुसार महिलाहरूले बुर्का लगाउनु पर्ने, शारिरिक अंगहरू प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृति व्यवस्था भएपनि टिकटक प्रयोगकर्ताहरूले त्यसलाई उलंघन गरेको उजरीकर्ताहरूको दाबी छ।

  • सम्बन्धित विषय:

  • # टिकटक प्रतिवन्ध
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology