Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा चासोक तङ्नाम, साकेला उधौली र रापावा स्यादार पिदार पर्व गायिका मिना राईको साथमा सम्पन्न

कुवेतमा चासोक तङ्नाम, साकेला उधौली र रापावा स्यादार पिदार पर्व गायिका मिना राईको साथमा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २१, २०८२ शनिवार • १८:५२:२३ बजे
  • 1.7K
    SHARES
  • कुवेतमा चासोक तङ्नाम, साकेला उधौली र रापावा स्यादार पिदार पर्व गायिका मिना राईको साथमा सम्पन्न

    कुवेत - कुवेतमा रहेका किरातीहरुले आफ्नो महान चाड चासोक तङ्नाम, साकेला उधौली र रापावा स्यादार पिदार गायिका मिना राईको साथमा भव्यरुपमा मनाएका छन । 

    images

    कुवेतको नेपाली समाजमा भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मुल नाराका साथ स्थापित तीन किराती संस्थाहरुले महान चाड चासोक तङ्नाम, साकेला उधौली, रापावा स्यादार पिदार २०२५/५०८५ साथमा सांगीतिक कार्यक्रम ०५ डिसेम्बर २०२५ शुक्रवारको दिन  खैतानस्थित राजधानी होटलको सभाहलमा भव्यरुपमा मनाएका हुन ।

    7EFF5883-EFEC-45A2-9DD5-1B038A4D08BB.jpeg

    किरातीहरुको आफ्नो महान् राष्ट्रिय चाड सालमा दुई पटक मनाउने गर्छ । उभौली र उधौली वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन्। वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ।

    कार्यक्रमको मुख्य आकर्षक नेपाली सांगीतिक जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नेपालबाट आमन्त्रित अतिथि कलाकार लोकप्रिय गायिका मिना राईले पूर्वेली र साकेला गीतहरु गाउदै उपस्थित सबै लाई भरपुर मनोरञ्जन दिलाएकी थिइन भने साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका तीन किरातीहरुले आफ्नो समुदायका मानिसहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए । राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच प्रस्तुत गरेका थिए साथै तीन किराती सस्थामा आवद्द रहेका कलाकारहरुले पनि सांगीतिक प्रस्तुति दिएका थिए । 

    किरात राईयायोक्खा कुवेतका अध्यक्ष उमेश राईको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास कुवेतका तृतीय सचिव राजेन्द्र प्रसाद जोशी रहेका थिए भने विशेष अतिथिमा तृतीय सचिव राम पुनित यादव,एनआरएनए एनसिसी कुवेतका अध्यक्षद्वय बिकास सिंह ठकुरी (बद्री पक्ष), दिल कुमार पाख्रिन (महेश पक्ष), नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष एकराज मल्ल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष धन बहादुर लिम्बु लगायत रहेका थिए । 

    त्यस्तै कुवेतमा कृयाशिल विभिन्न संघ- सस्थाका प्रमुख तथा प्रतिनिधि ,पत्रकार , समाजसेवी, कलाकारहरुको उपस्थित रहेको थियो । किरात राईयायोक्खा कुवेतका महासचिव रोशन राईले संचालन गरेको कार्यक्रममा शुक्रराईले स्वागत मन्तव्य राखेका थिए ।

     तस्बिर- सुरेश गुरुङ

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology