Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतबाट राजु कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदका लागि सिफारिस

कुवेतबाट राजु कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदका लागि सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २७, २०८२ शुक्रवार • १२:२९:५० बजे
  • 1.5K
    SHARES
  • कुवेतबाट राजु कार्की राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसदका लागि कुवेतबाट राजु कार्की सिफारिस भएका छन ।

    images

    रास्वपाको प्रवास नेपाली सम्पर्क विभागका लागि तोकिएको १० प्रतिशत आरक्षित कोटाअन्तर्गत वरिष्ठ सल्लाहकार राजु कार्कीलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको प्रवास नेपाली सम्पर्क विभाग समिति कुवेतले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

    कुवेतस्थित प्रवास नेपाली सम्पर्क विभागले एक मात्र आधिकारिक प्रतिनिधिका रूपमा कार्कीको नाम केन्द्रमा पठाएको हो। विभागका अनुसार पार्टी, समाज र राष्ट्रप्रति कार्कीले पेसागत तथा सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएका योगदानको उच्च कदर गर्दै उनलाई सिफारिस गर्ने निर्णय भएको हो ।

    सिफारिससँगै विभागले कार्कीले आगामी दिनहरूमा पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्दै पार्टीको मर्यादा, प्रवासी नेपालीको हक–हित, श्रमिक वर्गका मुद्दा, समाज तथा राष्ट्रिय हितका पक्षमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरेको छ।

    6261B1BB-4B4F-41DB-96B3-A8174DF9A789.jpeg

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology