Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए

कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २५, २०७७ आइतवार • १४:४५:४५ बजे
  • 1.7K
    SHARES
  • कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराए
    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।

    अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलगायत रहेका छन् ।

    नेकपा सं‌सदीय दलको नेतामा शाही निर्वाचित भएपछि पार्टीको प्रभावकारितामा ह्रास आएको, पार्टी र सरकारको कामकारबाही फितलो भएको सांसदहरुको आरोप छ ।

    हेर्नुहोस् पत्र :
    011.jpg022.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology