Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंगलबार एकैदिन ५ हजार ५ सय बढ्यो सुन

मंगलबार एकैदिन ५ हजार ५ सय बढ्यो सुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ८, २०८२ मंगलवार • ०५:४७:४६ बजे
  • 637
    SHARES
  • मंगलबार  एकैदिन ५ हजार ५ सय बढ्यो सुन

     मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँ थियो । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनदेखि सुनको भाउले रेकर्ड बनाउने क्रम जारी राखेको छ ।


    अन्तर्राष्ट्रिय बजारमै सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । मंगलबार कारोबार भइरहँदा नेपाली समय १० : ५० बजे प्रतिऔंस सुनको भाउ ४ हजार ४८५ अमेरिकी डलर पुगेको छ । एक प्रतिऔंस बराबर २.४३ तोला हुन्छ ।

    चाँदीको भाउमा केही दिनदेखि नै उच्च मूल्यको रेकर्ड बनिरहेको छ । आज प्रतितोला २० रुपैयाँ मूल्य बढेको छ । प्रतितोला ४ हजार २३५ रुपैयाँमा अघिल्लो दिन कारोबार भएको चाँदी आज ४ हजार २५५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस ६९ अमेरिकी डलर नाघेको छ ।

  • सम्बन्धित विषय:

  • # ५ सय बढ्यो सुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology