Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खरायोको मासु भन्दै प्रतिकेजी एक हजार रुपैयाँमा कुकुरको मासु बेचेपछि..

खरायोको मासु भन्दै प्रतिकेजी एक हजार रुपैयाँमा कुकुरको मासु बेचेपछि..

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १०, २०८२ बिहिवार • ०६:५०:३२ बजे
  • 643
    SHARES
  • खरायोको मासु भन्दै प्रतिकेजी एक हजार रुपैयाँमा कुकुरको मासु बेचेपछि..

     खरायोको मासुभन्दै एक युवकले गाउँलेलाई कुकुरको मासु बेचेको घटना प्रहरीसमक्ष पुगेको छ ।

    images

    घटना भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लामा भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गडहिया गाउँ निवासी मंगरु सहनी दैनिकजसो मदिरा पिउने गर्दछन् । मदिराकै लतका कारण उनलाई पैसाको खाँचो भयो ।

    पैसाको खाँचो टार्न उनले एउटा जुक्ति निकाले । गाउँकै एउटा कुकुरलाई सुटुक्क मारेका उनले गाउँलेलाई आफूसँग खरायोको मासु रहेको भन्दै धमाधम कुकुरको मासु एक हजार भारतीय रुपैयाँ प्रतिकिलोको दरमा बेच्न थाले ।


    सो रकमबाट उनले मदिरा पिउनुका साथै केही साथीलाई पनि पार्टी दिए । मदिराको नशाबाट भोलिपल्ट मुक्त भएपछि मंगरु आफैँले आफ्नो करतुत खुलासा गरेका हुन् ।


    आफूहरूलाई खरायोको मासुभन्दै झुक्याएर कुकुरको मासु बेचेको थाहा पाएपछि गाउँलेले मंगरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गाउँलेले नजिकैको झाडीमा कुकुरको काटिएको टाउको र खुट्टासमेत बरामद गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # कुकुरको मासु बेचेपछि..
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology