Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १४, २०८२ सोमवार • ०५:०६:०३ बजे
  • 397
    SHARES
  • रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

    मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ ।

    images

    बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

     

    अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै एक मोडमा लिकबाट बाहिरिएको बताएका छन् । मेक्सिकोका न्यायाधिवक्ताले दुर्घटनाको अनुसन्धान सुरू गरिएको जनाएका छन् ।

    मेक्सिकोका राष्ट्रपति क्लाडिया शीनबामले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # झण्डै सय जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology