Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेम सांगीतिक उत्सव सम्पन्न, गायक राजु लामाको प्रस्तुतिमा झुमे दर्शक

निरेम सांगीतिक उत्सव सम्पन्न, गायक राजु लामाको प्रस्तुतिमा झुमे दर्शक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०८२ शनिवार • १९:०१:२९ बजे
  • 1.4K
    SHARES
  • निरेम सांगीतिक उत्सव सम्पन्न, गायक राजु लामाको प्रस्तुतिमा झुमे दर्शक

    कुवेत - निरेम सांगीतिक उत्सव २०२६ भव्य रुपमा सम्पन्न भएको छ । जलिबस्थित एस्पायर इण्डिएन स्कुलको सभा हलमा हजारौं नेपाली दर्शक, स्रोताको उपस्थितमा ०९ जनवरी २०२६ शुक्रवार सो उत्सव सम्पन्न भएको हो । 

    images

    निरेमका अध्यक्ष प्रेम कुमार जिमीको सभापतित्व र नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता एवं दूतावास परिवार, एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत, नेपाली राजनीति दलका वैदेशिक भातृ संगठनका पदाधिकारी एवं प्रतिनिधि, नेपाली संघ संस्थाका पदाधिकारी प्रतिनिधि एवं समाजसेवी, वुद्धिजीवी, पत्रकार, कलाकार, व्यवसायी, खेलाडी लगायतको आतिथ्यता एवं कुवेतलाइ कर्मथलो बनाएर बस्ने संगीतप्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा शुभकामनाका साथ सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि लम्सालले परदेशमा पनि संगीतको माध्यमबाट मनोरञ्जन र उर्जा प्रदान गर्न सांगीतिक उत्सव आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद दिँदै जुन देशमा छौ त्यो देशको कानून र संस्कृतिको पालना गर्न पनि आग्रह गर्नु भयो । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा रहेका चर्चित गायक तथा भ्वाइस अफ नेपालका कोच राजु लामाको सांगीतिक प्रस्तुतिमा दर्शकको थामिनसक्नु भिड थियो । आफ्ना चर्चित गितहरु गाएर दर्शकलाई मन्त्रमुग्ध पार्नुका साथै कुवेतको चिसो माहोललाई समेत तताएका थिए ।

    कार्यक्रममा नेप्टोन (Neptone) ब्याण्ड तथा स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतिमा समेत दर्शक झुमेका थिए । दिपेन्द्र निरौलाको संचालन रहेको कार्यक्रममा स्वागत मन्तव्य जयनारायण थारुले राखेका थिए । कार्यक्रम अल मुल्ला एक्सचेन्ज कुवेतको मुख्य प्रायोजन तथा स्थानीय व्यवसायीक सस्थाको प्रायोजनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology