Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०८२ बुधवार • १९:५७:४० बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    काठमाडौं - नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन । 

    images

    भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

    नयाँ कार्यसमिति अनुसार पार्टीको सभापतिमा गगन थापा चयन भएका छन् यस्तै, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति पदमा सर्वसम्मत भएका छन् । त्यस्तैमहामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल चयन भएका हुन् ।

    महाधिवेशनबाट कांग्रेसले सहमहामन्त्रीहरू पनि निर्विरोध निर्वाचित गरेको छ । जसअनुसार महिला कोटाबाट डिला संग्रौला पन्त, खस आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) सहमहामन्त्रीमा चयन भएका छन्  ।

    त्यसै गरी, आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology