Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माघीले अन्धकार हटाएर समृद्धिको नयाँ युग ल्याओस् : प्रचण्ड

माघीले अन्धकार हटाएर समृद्धिको नयाँ युग ल्याओस् : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २, २०८२ बिहिवार • ०५:०४:०९ बजे
  • 433
    SHARES
  • माघीले अन्धकार हटाएर समृद्धिको नयाँ युग ल्याओस् : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले माघी तथा मकर सङ्क्रान्तिको अवसरमा शुभकामना दिएका छन्। बिहीबार एक सन्देश जारी गर्दै उनले थारु समुदायको मुख्य पर्व माघी तथा मगर, छन्त्याल लगायत अन्य समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन्।

    images


    प्रचण्डले माघी र माघे सङ्क्रान्तिलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक जीवन्त पहिचानको रूपमा व्याख्या गरे। उनले यी पर्वले विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेको बताए। सन्देशमा उनले उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक नियमलाई राष्ट्रिय जीवनसँग जोडेका छन्। राष्ट्रिय जीवनबाट पनि अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु हुने विश्वास उनले व्यक्त गरे।

    तराईदेखि हिमालसम्मका नेपालीले परिवारसँग बसेर खिचडी, घिउ, चाकु र तरकारीका परिकार खाँदै रमाइलो गरी मनाउने यो चाडको आफ्नै महत्त्व रहेको प्रचण्डको भनाइ छ। यस्तो आपसी आत्मीयता र सामूहिकताले समाजलाई थप सुदृढ र बलियो बनाउने उनले उल्लेख गरे।


    शुभकामना सन्देशमार्फत प्रचण्डले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन्। उनले राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न सबैलाई एकजुट भएर अघि बढ्न अपिल समेत गरे।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology