Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

श्रम संस्कृति पार्टी प्रवास शाखा कुवेतको नेतृत्वमा इन्डिरा राई

श्रम संस्कृति पार्टी प्रवास शाखा कुवेतको नेतृत्वमा इन्डिरा राई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ४, २०८२ शनिवार • २१:०७:२३ बजे
  • 2.3K
    SHARES
  • श्रम संस्कृति पार्टी प्रवास शाखा कुवेतको नेतृत्वमा इन्डिरा राई

    कुवेत - श्रम संस्कृति पार्टी प्रवास शाखा कुवेतको घोषणा सभा तथा पहिलो भेला सम्पन्न भएको छ । शुक्रबार फर्वानियास्थित नौसाद सिग्नेचर हलमा आयोजित विशेष समारोहका बीच इन्दिरा राईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

    images

    श्रमको सम्मान र देश निर्माणको संकल्प ‘श्रम नै शक्ति हो, श्रम नै शान्ति हो’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कुवेतमा रहेका नेपाली श्रमिक तथा विभिन्न सामाजिक अभियन्ताहरूको ठूलो उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले नेपालमा पछिल्लो समय हर्क साम्पाङले सुरु गरेको श्रमको संस्कृतिले देश विकासको नयाँ बाटो देखाएको चर्चा गर्दै प्रवासबाट पनि त्यसलाई टेवा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

    अधिवेशनले इन्दिरा राईलाई सर्वसम्मत अध्यक्षमा चयन गर्नुका साथै अन्य पदाधिकारी र सदस्यहरूसहितको कार्यसमिति निर्माण गरेको छ। नवनिर्वाचित अध्यक्ष राईले आफ्नो कार्यकालमा कुवेतमा रहेका नेपालीहरूलाई श्रम संस्कृतिको अभियानमा गोलबन्द गर्ने र मातृभूमिको उत्पादनमुखी कार्यमा सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमको अन्त्यमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गरिएको थियो। यो अभियानले आगामी दिनमा कुवेतमा रहेका नेपाली श्रमिकहरूको हकहित र नेपालमा सञ्चालित श्रममुखी परियोजनाहरूमा समन्वयकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology