Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

८९ लाख १७ हजार मतपत्र छापियो

८९ लाख १७ हजार मतपत्र छापियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०८२ सोमवार • ०५:११:२६ बजे
  • 322
    SHARES
  • ८९ लाख १७ हजार मतपत्र छापियो

     प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको कूल ८९ लाख १७ हजार थान मतपत्र छपाइ भएको छ ।
    निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छपाइ गरिरहेको हो ।

    images

    पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो । आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छाप्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी छ । यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ । अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ ।

    केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमूनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ । समानुपातिक तर्फको मतपत्र छापिसकेपछि प्रत्यक्षतर्फको मतपत्र छाप्न सुरु गरिनेछ । फागुन २१ गतेलाई तय भएको प्रतिनिधि सभा निर्वाचन आउन अब ४५ दिन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # मतपत्र छापियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology