कुवेत - नेपाल तामाङ घेदुङ कुवेतले सोनाम ल्होछर मनाउने भएको छ । मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा नेपाल बाट चर्चित कलाकारको साथमा सोनाम ल्होछार भव्य रूपमा मनाउने तयारी गरिएको आयोजकले जानकारी दिएका छन ।
जिलिबस्थित एस्पायर इन्डियन स्कूलको सभाहलमा आउँदो फेब्रुअरी १३, २०२६ शुक्रबार दिउँसो १ बजे कार्यक्रमको आयोजना हुनेछ । ल्होछार कार्यक्रमलाई विशेष बनाउँदै नेपालबाट चर्चित अतिथि कलाकार आस मान लोप्चन, लक्ष्मी स्याङतान तामाङ र रिजन थिङ लामाको प्रस्तुति रहने छ ।

उक्त कार्यक्रममा कुवेतमा रहेका स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति साथै तामाङ समुदायको मौलिक संस्कृति, नृत्य समेत प्रस्तुति रहने छ । कार्यक्रममा कुवेतस्थित नेपाली समुदायको उल्लेख्य सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ ।