Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इजरायली हवाई आक्रमणमा गाजामा ३२ प्यालेस्टिनीको मृत्यु

इजरायली हवाई आक्रमणमा गाजामा ३२ प्यालेस्टिनीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०८२ आइतवार • ०४:५१:३८ बजे
  • 352
    SHARES
  • इजरायली हवाई आक्रमणमा गाजामा  ३२ प्यालेस्टिनीको मृत्यु

     गाजापट्टीका विभिन्न स्थानमा इजरालले शनिबार गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जना प्यालेस्टिनीको मृत्यु भएको स्थानीय उद्धार अधिकारीहरूले बताएका छन् । हमासद्वारा सञ्चालित नागरिक रक्षा निकायका अनुसार मारिनेमा महिला र बालबालिका पनि छन् ।

    images


    सबैभन्दा घातक आक्रमण दक्षिणी सहर खान युनिसमा भएको थियो । यहाँ विस्थापित परिवारहरू बसिरहेको एउटा टेन्ट शिविरमा हेलिकोप्टरबाट गोली प्रहार गरिएको बताइएको छ । यस आक्रमणमा यहाँ एकै परिवारका सात जना मारिएको बताइएको छ । आवासीय अपार्टमेन्टमा भएको अर्को आक्रमणमा तीन बालबालिका र दुई महिलाको ज्यान गएको गाजा सहरको शिफा अस्पतालका अधिकारीहरूले पुष्टि गरेका छन् ।

    प्यालेस्टिनीहरूका अनुसार यी आक्रमणहरू अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविरामको दोस्रो चरण लागू भएयताकै सबैभन्दा भीषण हुन् । इजरायली रक्षा बल (आईडीएफ)ले भने युद्धविराम उल्लङ्घन गरेकोले हमासविरुद्ध प्रतिकारात्मक कारबाही गरेको दाबी गरेको छ । आईडीएफका अनुसार पूर्वी रफाह क्षेत्रमा भूमिगत संरचनाबाट बाहिर निस्कँदै गरेका आठ जना आतङ्कवादीलाई निशाना बनाइएको थियो । मध्य भने गाजामा हतियार भण्डार, उत्पादन केन्द्र र रकेट प्रक्षेपण स्थलमा आक्रमण गरिएको उसको भनाइ छ ।


    यी आक्रमणहरूलाई नरसंहार भन्दै हमासले अमेरिकालाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ ।  ‘हामीले मेरा तीन सानी भतिजीहरू सडकमा मृत भेट्यौँ । सबै जना युद्धविराम भन्छन्—तर यी बालबालिकाले के गल्ती गरेका थिए ?’ खान युनिसका एक पीडितका आफन्त समेर अल–अतबासले रोयटर्ससँग प्रश्न गरेका छन् । स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका तस्बिर र भिडियोहरूमा ध्वस्त भवनहरू र भग्नावशेषबाट शव निकालिँदै गरेको दृश्य देखिएको छ । यस घटनाले गाजामा युद्धविरामको भविष्यबारे फेरि गम्भीर प्रश्न उठाएको छ । दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन् । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology