Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोना भाइरस मानिसबाटअब जनावरमा फैलियो

कोरोना भाइरस मानिसबाटअब जनावरमा फैलियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७७ सोमवार • १४:०६:०३ बजे
  • 2.8K
    SHARES
  • कोरोना भाइरस मानिसबाटअब जनावरमा फैलियो

    एजेन्सी । कोरोना भाइरसको महामारी मानिसबाट अब जनावरमा फैलिन थालेको छ । अमेरिकी वैज्ञानिक तथा अनुसन्धानकर्ताले फार्ममा रहेका १० हजार ओत कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएका छन् । मानिसबाट जनावरमा कोरोना फैलिएको दावी अनुसन्धानकर्ताले गरेका सिएनएनले जनाएको छ । उटाहको फार्ममा रहेका १० हजार ओत हालै मरेका थिए ।

    images

    उटाहमा झण्डै ८ हजार ओत मरेका छन् । अर्को एक राज्यको फार्ममा २ हजार ओत मरेका छन् । नरम रौँका लागि ओतलाई व्यवसायिक पालन गरिन्छ । पशु विशेषज्ञ डा.डिन टेलरले भने, ‘ओतमा कोरोना भाइरस अगष्टमा पहिलो पटक देखिएको थियो । जुलाइमा फार्ममा काम गर्नेहरुमा कोरोना संक्रमण भएको थियो । उनीहरुबाटै सरेको अनुमान गरिएको छ ।’

    सुरुवाती अनुसन्धानमा मानिसबाट जनावरमा कोरोना संक्रमण फैलिएको थियो । तर, जनावरबाट मानिसमा फैलिएको अहिलेसम्म पुष्टि हुन सकेको छैन । डा. टेलर भन्छन्, ‘उटाहमा हामीले धेरै अनुसन्धान गर्यौँ । यो घटना मानिसबाट जनावरमा फैलिएको देखिन्छ । फेरि जनावरबाट मानिसमा फैलिने वा नफैलिने भन्ने विषयमा हामी अनुसन्धानमै छौँ ।’

    दुबै ठाउँका फार्मलाई क्वारेन्टिन गरिएको स्थानीय अधिकारीले बताएका छन् । यसअघि नेदरल्याण्डस्, स्पेन र डेनमार्कमा पनि यस्तै खालको केस रिपोर्ट गरिएको थियो । अमेरिकाको डिपार्टमेन्ट अफ एग्रिकल्चरले मानिसबाट जनावरमा कोरोना भएको पुष्टि गरेको छ । सिएनएनका अनुसार कुकुर, बिरालो, सिंह र बाघ जस्ता जनावरमा कोरोना पुष्टि भएपछि यसबारेमा अनुसन्धान सुरु गरिएको थियो ।

    ओतमा मानिसमा जस्तै लक्षण देखिएको थियो । स्वास लिन समस्या हुने, आँखामा कचेरा लाग्ने, ज्वरो आउने लगायतका लक्षण देखिएको थियो । ओतमा कोरोना भाइरस ह्वात्तै फैलिएको छ । धेरै संक्रमित ओत मरेका छन् । उटाहमा रहेका ९ वटा फार्ममा कोरोना संक्रमण भएको छ ।

    यसअघि नेदरल्याण्डस्मा १० हजार वयश्क ओत र ५० हजार ससाना ओतलाई कोरोना फैलाउने आशंकामा मारिएको थियो । त्यहाँ माउमा कोरोना पुष्टि भएपछि सरकारले ६० हजार ओत मार्ने निर्णय लिएको थियो । नेदरल्याण्डस् सरकारले ओतबाट मानिसमा कोरोना संक्रमण भएको दाबी गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology