Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

शोधनान्तर बचत नाघ्यो ५ खर्ब

शोधनान्तर बचत नाघ्यो ५ खर्ब

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०८२ मंगलवार • ०५:२८:०६ बजे
  • 469
    SHARES
  • शोधनान्तर बचत नाघ्यो ५ खर्ब

    चालु आर्थिक वर्ष पुससम्म शोधनान्तर स्थिति ५ खर्बभन्दा धरै बचतमा पुगेको छ । समग्र बजारमा माग नबढ्दा नियन्त्रण भएको आयात र रेमिट्यान्स तथा निर्यातमा देखिएको सुधारले शोधनान्तर बचतमा उच्च सुधार आएको हो । चालु आव पुससम्म रेमिट्यान्स आप्रवाह ३९ प्रतिशत र निर्यात ४३.८ प्रतिशतले बढेको छ । त्यसैगरी आयात १४.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

    images

    चालु आव पुससम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोडले बचतमा छ । गत आव सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष सोही अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको चालु खाता चालु आव पुससम्म ३ अर्ब ३ करोडले बचतमा रहेको हो ।

    गत पुससम्म खुद पूँजीगत ट्रान्स्फर १० अर्ब ७६ करोड छ । गत आव सोही अवधिमा ४ अर्ब २९ करोड थियो । यसैगरी समीक्षा अवधिमा ८ अर्ब १७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत आव सोही अवधिमा ६ अर्ब ४८ करोड थियो ।

    चालु आव पुसम्ममा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोडले बचतमा छ । गत आव सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले मात्र बचतमा थियो । अमेरिकी डलरमा गत आव सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आव पुससम्म ३ अर्ब ५४ करोडले बचतमा छ ।

  • सम्बन्धित विषय:

  • # बचत नाघ्यो ५ खर्ब
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology