Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए

मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०८२ बुधवार • ०५:३५:३० बजे
  • 712
    SHARES
  • मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका २ विमानका पखेटा ठोक्किए

    मुम्बई विमानस्थलमा एयर इन्डिया र इन्डिगो एयरका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन् । यो घटना भारतकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक मानिने मुम्बई विमानस्थलमा मंगलबार साँझ करिब साढे सात बजे भएको हो । यो घटनामा दुवै विमानको पखेटाको टुप्पोमा क्षति पुगे पनि यात्रुहरु सबै सकुशल रहेको जनाइएको छ ।

    images

     

    घटनापछि भारतको विमान नियामक निकाय डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसन (डीजीसीए) ले विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार ३ फेब्रुअरी २०२६ मा मुम्बई विमानस्थलमा एयर इन्डियाको फ्लाइट एआई २७३२ उडान अघि एम–४ तर्फ पार्किङ अवस्थामा थियो । उडानका लागि रनवेतर्फ जानुअघि इन्डिगोको ए–३२० विमान अवतरण गरेर पार्किङमा आइरहेका बेला ठोक्किएको थियो ।

    घटनापछि दुवै विमानलाई प्राविधिक जाँचका लागि रोकिएको थियो । डीजीसीए मुम्बई कार्यालयका अधिकारीहरू घटनास्थलमा पुगेर अनुसन्धान थालेका छन् ।


    समाचार एजेन्सी पीटीआईका अनुसार एयर इन्डियाका प्रवक्ताले फ्लाइट एआई २७३२ मुम्बईबाट भारत तमिलनाडुको कोयम्बटूर जाँदै थियो । यो घटनापछि उडान रोकिएको थियो । सावधानी अपनाउँदै विमानलाई उडान गर्न नदिई थप प्राविधिक जाँचका लागि रोकिएको हो । सबै यात्रुलाई विमानबाट ओरालिएको थियो ।

    प्राविधिकहरुका अनुसार एयर इन्डिया र इन्डिगो दुवै एयरलाइन्सका प्रवक्ताले विज्ञप्ति निकालेर घटनाको पुष्टि गर्दै प्राविधिक जाँच भइरहेको जनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology