Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दसैँमा नयाँ नोट पाइँदैन: राष्ट्र बैङ्क

दसैँमा नयाँ नोट पाइँदैन: राष्ट्र बैङ्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७७ सोमवार • १४:०७:५८ बजे
  • 2.3K
    SHARES
  • दसैँमा नयाँ नोट पाइँदैन: राष्ट्र बैङ्क

     कोभिड–१९ संक्रमणको जोखिमका कारण दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    images

    राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दसैँमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भीड हुने तथा संक्रमणको जोखिम झनै बढ्ने भएकाले यसपटकको दसैँ लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको बताए ।

    यस्तै अन्य बैंकहरुमा समेत संक्रमणको जोखिम उच्च भएकोले दसैँका लागि लक्षित गरी नयाँ नोट सटहीको व्यवस्था कुनैपनि बैंकमा नगरिएको उनले बताए । तर, आफ्नो खातामा भएको रकम बैंकबाट निकाल्दा केही सुकिला र नयाँ नोट पाउन सक्ने अवस्था भने रहेको प्रवक्ता भट्टले बताए ।

    यसअघिका वर्षहरुमा दसैँमा लामो लाइन बसेर नयाँ नोटको सटही गर्ने व्यवस्था राष्ट्र बैंकले मिलाउँदै आएको थियो । जुन एक किसिमले प्रचलनको रुपमा पनि स्थापित भइसकेको छ ।

    राष्ट्र बैंकले ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँ दरका नयाँ नोटहरु दसैँको बेलामा सटही गर्दै आएको थियो । यस वर्ष भने राष्ट्र बैंकसँग नयाँ नोट मौज्दात भएपनि कोभिड संक्रमणको जोखिमका कारण नोट सटही असम्भव भएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology