Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जन-प्रगतिशील मोर्चा कुवेतको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

नेपाली जन-प्रगतिशील मोर्चा कुवेतको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०८२ शनिवार • १७:२६:१३ बजे
  • 1.3K
    SHARES
  • नेपाली जन-प्रगतिशील मोर्चा कुवेतको अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न

    कुवेत- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जन-प्रगतिशील मोर्चा कुवेतले ३१औं जनयुद्ध दिवस र आगामी २१ फागुनमा हुने निर्वाचनको तयारीलाई ध्यानमा राख्दै अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। 

    images

    DSC_0285.JPG

    मङ्गाफस्थित मेमोरिस हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली संघ सस्थाका पदाधिकारी एवं मोर्चाका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेत्रविक्रम चन्द 'विप्लव' ले अनलाइनमार्फत कार्यक्रममा सम्बोधन गर्दै भने, "परदेशमा कार्यव्यतताको बाबजुद पनि मोर्चामा एकताबद्ध भई कार्यक्रमको आयोजना गरेकोमा खुशी छु।" उनले चुनावी माहोलका बारेमा विचार व्यक्त गर्दै भने, "देशमा चुनावी माहोल चलिरहेको छ तर पनि चुनाव हुने कि नहुने आशंका छ । चुनावको लागि सरकारले जुन तरिकाले तयारी गर्नु पर्ने हो त्यो देखिएन। तर पनि हाम्रो पार्टी चुनावी मैदानमा होमिएको छ, धाधली रहित चुनाव भएमा पार्टीले राम्रो सिट ल्याउनेछ।"

    DSC_0322.JPG

    कार्यक्रममा उपस्थित वक्ताहरूले जनयुद्धको महत्व र निर्वाचनको प्रक्रियामा पार्टीको भूमिकाको बारेमा छलफल गरेका थिए । कार्यक्रममा मोर्चाका पदाधिकारी र समर्थकहरूले आगामी चुनावमा कसरी सक्रिय भूमिका खेल्न सकिन्छ भन्ने विषयमा बहस गर्दै एकता र सङ्गठनात्मक क्षमतामा जोड दिएका थिए । साथै, युवा पुस्तालाई राजनीतिक क्रियाकलापमा संलग्न गराउने र सचेत गराउने विषयमा पनि ध्यान केन्द्रित गरिएको थियो । 

    वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका १५ जना नयाँ सदस्यहरुलाई मोर्चामा आबद्ध गरिएको अध्यक्ष शेर सुनारले जानकारी दिए । मोर्चाले मयूरपाटी मिडिया र विश्वकर्मा एकता समाज नेपाल कुवेतका भूतपूर्व अध्यक्ष गम बहादुर सुनारलाई सम्मान गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology