Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न

कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०८२ शनिवार • १९:०५:४८ बजे
  • 1.2K
    SHARES
  • कुवेतमा साँस्कृतिक उत्सव सोनाम ल्होछार भव्यरुपमा सम्पन्न

    कुवेत - कुवेतवासी तामाङ समुदायले सोनाम ल्होछार २८६२ महान सांस्कृतिक उत्सवको रुपमा भव्य कार्यक्रम आयोजना गरि मनाएका छन । 

    images

    1771095843486.jpg

    नेपाल तामाङ घेदुङ कुवेतले मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ष) को अवसरमा आयोजित कार्यक्रममा चर्चित अतिथि कलाकार आस्मान लोप्चन, लक्ष्मी स्याङ्तान तामाङ र रिजन थिङ लामासहित स्थानीय कलाकारहरूको मनमोहक सांगीतिक प्रस्तुति रहेको थियो । 

    1771095864841.jpg

    जिलिवस्थित एस्पायर इन्डियन स्कूलको सभाहलमा १३ फेब्रुअरी २०२६ शुक्रबार सम्पन्न उक्त सांगीतिक कार्यक्रमले कुवेतको चिसो मौसमलाई तताएको थियो । साँस्कृतिक उत्सव कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, नृत्य र तामाङ जातिको परम्परागत रुपमा प्रयोग हुँदै आइरहेको भेषभुषा, बाजागाजा प्रदर्शन गरिएको थियो । 

    कार्यक्रमको अध्यक्षता पेमा लामाले गरेका थिए भने नेपाली दूतावास कुवेतका राजदूत घनश्याम लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै एनआरएनए कुवेत, नेपाल पत्रकार महासंघ कुवेत र नेपाल आदिवासी जनजाती महासंघ कुवेतका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

    1771096161186.jpg

    कुवेतमा रहेका विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार र कलाकारहरू लगायत तामाङ र गैर तामाङको उल्लेख्य उपस्थिति थियो ।

     

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology