Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

कर्णालीको निर्णय पार्टी एकताविरुद्ध छ : प्रचण्ड

कर्णालीको निर्णय पार्टी एकताविरुद्ध छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २६, २०७७ सोमवार • १४:१३:४४ बजे
  • 2.9K
    SHARES
  • कर्णालीको निर्णय  पार्टी एकताविरुद्ध छ : प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान झण्डै २ घन्टा भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदले दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा छलफल भएको छ ।

    images

    कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध ओली निकट यमलाल कंडेलको नेतृत्वमा १८ जना सांसदले हिजो संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको निर्देशनमा अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपा भित्रको विवाद फेरि बढ्न थालेको छ ।

    आजको भेटवार्तामा प्रचण्डले कर्णालीमा संसदीय दलमा दर्ता गरिएको अविश्वासको प्रस्ताव तत्काल फिर्ता लिन लगाउन ओलीलाई आग्रह गरेका छन् । सुरुवाती चरणमा आफूले नभनेको बताएका ओलीले कुराकानीको क्रममा आफ्नै निर्देशनमा अविश्वासको प्रस्वाव दर्ता भएको बताएका एक सचिवालय सदस्यले जानकारी दिए ।

    भेटवार्तामा प्रचण्डले ओलीलाई तत्काल प्रस्ताव फिर्ता लिएर पार्टी एकताका बाँकी काम टुंगो लगाउन आग्रह गरेका थिए । स्रोतका अनुसार उनले भेटवार्तामा भने, ‘कर्णालीको विषयले बन्दै गरेको पार्टीको एकता फेरि विवादमा पर्ने देखियो । तपाईँले जे गर्न लगाउनु भयो, त्यो नितान्त गलत छ । पार्टी एकताको खिलापमा तपाईँ जानु भयो, यसले राम्रो गर्दैन । त्यसैले तत्काल यो मिलाउनुस् ।’

    ओलीले पार्टीभित्रको असन्तुष्टिले त्यस्तो भएको बताएका छन् । उनले भने, ‘त्यहाँ पार्टीभित्र समस्या रहेछ । साथीहरुबीच आलोपालोको कुरा पनि भएको रहेछ । मैले कुरा गर्छु । मिलाएर अगाडि लैजानुपर्छ । यस्ता असन्तुष्टिलाई पनि सम्बोधन गर्नुपर्छ ।’

    खुमलटारले पूर्वमाओवादीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लगाएर पार्टी एकता अन्तिम चरणमा पुगेको बेला ओलीले फेरि बखेडा झिक्न खोजेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग मिलेर ओलीलाई अन्य प्रदेशमा पनि जवाफ दिने एक स्थायी कमिटी सदस्यले चेतावनी दिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology