Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने, ड्रोन आक्रमणको मर्मत कार्य सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने, ड्रोन आक्रमणको मर्मत कार्य सुरु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०८२ आइतवार • ०६:१९:०८ बजे
  • 1.2K
    SHARES
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने, ड्रोन आक्रमणको मर्मत कार्य सुरु

    कुवेत सिटी, कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा भएको ड्रोन आक्रमणपछि विमानस्थलको पुनः सञ्चालनको लागि मर्मत कार्य सुरु गरिएको छ । 

    images

    जनरल सिभिल एभिएसन अथोरिटीका कार्यवाहक महानिर्देशक दही अल-ओतैबीले आज बिहान ५:०० बजेबाट क्षतिको मूल्याङ्कन र मर्मत कार्य सुरु गरिएको जानकारी दिएका छन् । उनले भने, "विमानस्थलको अवस्था सामान्य छ र हामी जनतालाई आधिकारिक स्रोतहरूमा भर पर्न आग्रह गर्छौं।"

    हिजोको आक्रमणले टर्मिनल १ मा क्षति पुर्याएको थियो, जसका कारण आपतकालीन प्रक्रियाहरू सक्रिय गरिएको थियो । उक्त घटनामा केही कर्मचारी सामान्य घाइते भएका छन्, । उनीहरु अहिले उपचाररत छन्। हिजो बाट उडानहरू सबै बन्द छन । प्रधानमन्त्री शेख अहमद अब्दुल्लाह अल-अहमद अल-सबाहले मर्मत कार्यको निगरानी गरिरहेका छन्।

    स्थानीय नागरिक र यात्रुहरूले सुरक्षा र पुनः सञ्चालनको प्रतीक्षा गरिरहेका छन्, भने अधिकारीहरूले चाँडै विमानस्थल सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology