कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका सबै सदस्यहरू सकुशल रहेको बताईएको छ । विमान दुर्घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको कुवेत रक्षा मन्त्रालयका प्रवक्ताले बताएका छन ।
आज बिहान अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त भएको हो । प्रवक्ताका अनुसार सम्बन्धित अधिकारीहरूले दुर्घटना हुन साथ तुरुन्तै खोजी र उद्धार कार्य सुरु गरिएको थियो । चालक दलका सदस्यहरूलाई बाहिर निकाले र उनीहरूको स्वास्थ्य अवस्थाको ख्याल गर्दै अस्पताल लगिएको थियो ।
उनीहरूको अवस्था सामान्य रहेको रिपोर्ट गरिएको छ।
प्रवक्ताले थपे कि घटनाको परिस्थिति र संयुक्त प्राविधिक उपायहरू कार्यान्वयन गर्न सहयोगी अमेरिकी सेनाहरूसँग प्रत्यक्ष समन्वय गरिएको कुवेतको स्थानीय मिडियामा समाचार छ ।