कुवेत - कुवेती सेनाका जनरल स्टाफका अनुसार, कुवेतको वायु रक्षा प्रणालीले देशको हवाई क्षेत्रमा भएको मिसाइल र ड्रोन आक्रमणलाई सफलतापूर्वक रोक्न सफल भएको छ ।
कुवेतका विभिन्न क्षेत्रमा ठूला विस्फोटक आवाज सुनिएको थियो। सेनाका अधिकारीले स्पष्ट पारे की कुवेतलाई आक्रमण गरिएका मिसाइल र ड्रोनलाई निस्तेज पार्ने क्रममा ठूलो आवाज आएको हो ।
सेनाले राष्ट्रको हवाई क्षेत्रको सुरक्षा सुनिश्चित गर्न निरन्तर लागि रहेको जनाएको छ । नागरिकहरुलाई शान्त रहन र आधिकारिक समाचार स्रोतमा विश्वास गर्न आग्रह गरेको छ ।
स्रोत - अरब टाईम्स कुवेत