Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशभर शान्तिपूर्ण प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न, ६० प्रतिशत मत खसे

देशभर शान्तिपूर्ण प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न, ६० प्रतिशत मत खसे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०८२ बिहिवार • १९:४२:५९ बजे
  • 1.2K
    SHARES
  • देशभर शान्तिपूर्ण प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न, ६० प्रतिशत मत खसे

    काठमाडौं - देशभर शान्तिपूर्ण रुपमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ। 

    images

    देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा अघिल्ला निर्वाचनको तुलनामा थोरै मत खसेको हो । नेपालमा भदौमा भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको कारण ताजा जनादेशको आवश्यकता महशुस गरि यो निर्वाचन गरिएको हो ।

    निर्वाचन आयोगका अनुसार, देशभर अधिकांश ठाउँमा सामान्य छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ । निर्वाचन आयोगले सम्पूर्ण प्रक्रियाको सफलतापूर्वक सम्पन्नमा बधाई दिँदै, मत गनणाको तयारीमा लागेको जनाएको छ र छिट्टै नतिजा प्रकाशन गर्ने जनाएको छ । 

    गणतन्त्र स्थापनापछि १८ वर्षमा दुईवटा संविधानसभा र दुईवटा संघीय प्रतिनिधिसभा निर्वाचन भइसकेका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८, २०५१ र २०५६ सालमा संसदीय निर्वाचन भए पनि, २०७० सालको संविधानसभा निर्वाचनमा सबैभन्दा बढी मत खसेको तथ्यांकले देखाएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology