Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं’ भन्दै ठगी गर्ने ८ पक्राउ

अव्यवस्थित सुकुम्वासी समाधान आयोग गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं’ भन्दै ठगी गर्ने ८ पक्राउ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २६, २०७७ सोमवार • १८:१३:१७ बजे
  • 1.9K
    SHARES
  • अव्यवस्थित सुकुम्वासी समाधान आयोग  गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं’ भन्दै  ठगी गर्ने ८ पक्राउ
    पोखरा । पोखरामा झुठो विवरण पेश गरेर ठगी गर्ने ८ जना पक्राउ परेका छन् । पोखरा १४ भोटचौताराको सुकुम्वासी बस्तीमा ‘हामी नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं’ भन्दै स्थानीयलाई ठगी गर्ने ८ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ सिरिङ घर भइ हाल पोखरा ५ पस्र्याङ बस्ने ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगंगा गाउँपालिका ४ राफु घर भइ पोखरा १४ कुँडहर बस्ने ३० वर्षीय रमेशकुमार परियार, रुपन्देहीको साविक सैनामैना नगरपालिका वडा नम्बर ९ बाँसगढी घर भइ हाल पोखरा १४ चाउथे बस्ने ३५ वर्षीय ओमबहादुर सुनार पक्राउ परेका हुन् ।

    त्यस्तै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ एक्ले गाउँ घर भइ पोखरा १३ का बस्दै आएकी ३७ वर्षीय रिता विश्वकर्मा, पोखरा १७ चोरसाघुकी २२ वर्षीय सानु परियार, पोखरा १३ बाँझापाटनकी २७ वर्षीय सीता सुनार, पोखरा १३ मियाँपाटनका ५० वर्षीय हर्कबहादुर विक तथा सोही स्थानका २४ वर्षीय मौसम सदाशंकर पक्राउ परेका हुन् ।

    पक्राउ परेकाले आफूहरु नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै पोखरा १४ भोटेचौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफल भएको जग्गा उपलब्ध गराइदिने बताएका थिए । त्यस्तै उक्त जग्गा तत्कालै अमिन लगेर फिल्डमा नाँपजाँच गर्ने भन्दै रकम उठाएका थिए ।

    उक्त विषयमा प्रहरीले सुचना पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाको साथबाट प्रहरीले नगद उठाइएको रजिस्टर १ थान, नगदी रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी १९ थान तथा नगद १ लाख ६१ हजार बरामद गरेको छ ।

    साथै प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको पासर्पोट साइजको फोटो, अव्यवस्थित सुकुम्वासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान बरामद गरेको छ ।

    पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ९ (१) बमोजिम नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ ठगी, अपराधिक विश्वासघात तथा लाभ सम्बन्धी कसुर अन्तरगत दफा २४९ बमोजिम मुद्धा दताए गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology