Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

खोटाङ कुवेत सम्पर्क मञ्चको आयोजनामा हुने भनिएको दोश्रो सांगीतिक धमका स्थगित

खोटाङ कुवेत सम्पर्क मञ्चको आयोजनामा हुने भनिएको दोश्रो सांगीतिक धमका स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०८२ शुक्रवार • २२:०७:३९ बजे
  • 1.4K
    SHARES
  • खोटाङ कुवेत सम्पर्क मञ्चको आयोजनामा हुने भनिएको दोश्रो सांगीतिक धमका स्थगित

    कुवेत - खोटाङ कुवेत सम्पर्क मञ्चले आगामी नयाँ वर्षको अवसरमा आयोजना गर्ने भनिएको दोश्रो सांगीतिक कार्यक्रम हालको मध्यपूर्वको असहज परिस्थितिका कारण स्थगन गरिएको छ ।  

    images

    मञ्चका अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले वि.सं २०८३ बैशाख ११ गते  (२४ अप्रिल २०२६) शुक्रबारका दिन नेपाल बाट आमन्त्रित अतिथि कलाकारका साथमा हुने भनिएको दोश्रो सांगीतिक धमका स्थगित गर्ने निर्णय गरेको हो । 

    मञ्चले मध्यपूर्वमा विकसित वर्तमान परिस्थितिले गर्दा कार्यक्रमलाई स्थगित गर्नुपर्ने निर्णय गरेको जनाएको छ ।  यसबाट हुने असुविधाप्रति क्षमा याचना समेत गरेको छ । साथै परिस्थिति सहज भएपछि कार्यक्रमका लागि नयाँ मिति तय गर्ने जनाएको छ ।

    नयाँ वर्षको अवसरमा आयोजित हुने सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकारहरूको सहभागिता हुने तय भएको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology