Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८३ मंगलवार • १०:४६:२९ बजे
  • 466
    SHARES
  • ५ वर्षमा गरिबी १० प्रतिशतमा झार्ने लक्ष्य

     सरकारले आगामी ५ वर्षभित्र गरिबीको दर १० प्रतिशतमा झार्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।

    images

    ६ राजनीतिक दलहरूको घोषणापत्रमा आधारित भएर बनाएको राष्ट्रिय प्रतिबद्धतामा सरकारले गरिबीको दर आगामी पाँच वर्षमा आधा घटाउने प्रतिबद्धता जनाएको हो । हाल गरिबीको दर २०.२७ प्रतिशत छ ।
    तर आगामी पाँच वर्षभित्र आधा घटाउने प्रतिबद्धता सरकारले जनाएको छ । ‘निजी, सहकारी र सार्वजनिक क्षेत्रबीच सन्तुलित र पूरक विकासको मोडल मार्फत आर्थिक तथा सामाजिक असमानता न्यूनीकरण गरी पाँच वर्षमा बहुआयामिक गरिबीको दर १० प्रतिशतमा झारिनेछ,’ प्रतिबद्धतामा लेखिएको छ ।

    सरकारले आगामी पाँच वर्ष औसत आर्थिक वृद्धिदर सात प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय तीन हजार डलर तथा कुल गार्हस्थ्य उत्पादन १०० अर्ब डलर नजिक पुर्‍याइने प्रतिबद्धता पत्रमा भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # ५ वर्षमा गरिबी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology